श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटक तान्ने

 पुस ७, २०७७ मंगलबार ८:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - श्रीलङ्काले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटक तान्ने अभियान चलाउने भएको छ ।

पर्यटक तान्नका लागि अहिले पर्यटकीय क्षेत्रको पहिचान गर्ने गृहकार्य भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । नयाँ पर्यटकीय क्षेत्रहरू तोकेर पर्यटक तान्ने अभियान चलाएपछि सामाजिक तथा आर्थिक क्षेत्रलाई बलियो बनाउन तथा चलायमान गराउन सजिलो हुने अपेक्षा गरिएको छ ।

सरकारी अधिकारीहरूले देशभरि मुख्यगरी झण्डै १५ वटा पर्यटन क्षेत्र तोक्ने तयारी भइरहेको बताएका छन् । पर्यटन क्षेत्रको विकास गर्न र पर्यटकलाई तान्नका लागि श्रीलङ्का पर्यटन विकास प्राधिकरणले विषेश प्याकेज तथा योजनाहरूसमेत ल्याउने तयारी गरेको छ ।

श्रीलङ्काले अर्को महिना सबै अन्तर्राष्ट्रिय उडानहरू खुल्ला गर्ने गृहकार्य गरेको छ । तर उडान र पर्यटकीय क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि अपनाउनु पर्ने सतर्कता र मापदण्डलाई भने ध्यान दिइने भएको छ ।

स्वास्थ्य निर्देशिकालाई पालना गराउँदै आवतजावत र घुमघाम गर्न सकिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया