अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए खोप

 पुस ७, २०७७ मंगलबार ८:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ ।

बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाउनुभएको हो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ । 

डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताउनुभयो । बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि खोपको लगाउनुभएको छ । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उहाँका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।

अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ ।

 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया