सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ स्थिर

 पुस ७, २०७७ मंगलबार ११:५८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउमा आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया