देशभर मतदाता नामावली सङ्कलनको काम स्थगित

 पुष ८, २०७७ बुधबार ८:११:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ ।

आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ । त्यसका लागि आयोगले प्रक्रिया अघि बढाउने जनाएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • KL singh shrestha

    Dec. 23, 2020, 8:28 a.m.

    परिचय पत्र मात्र होइन नेपाली नागरिकता र पासपोर्ट होल्डर जसले साथमा बोकेर आउँछ भने भोट दिन पाउने अधिकार होस्। मैंले आज सम्म भोट हाल्न पाएको छैन। पासपोर्ट र नागरिकता प्रमाण पत्र लिएर जाँदा पनि मत दिन पाइन् सन् 2013 मा। हल्का मनोवैज्ञानिक दिमाग प्रयोग गर्नुपर्ने हुन्छ। होईन भने नागरिकता प्रमाण पत्र को कुनै औचित्य रहँदैन। पासपोर्ट भनेको विदेश बसेको प्रमाण हो। वेश्या राजनीतिज्ञ जस्तो बुद्धि न लगाऊ

  •  0 Reply

तपाईको प्रतिक्रिया