अर्जुन ट्रफी क्रिकेटको दोश्रो सेमिफाइनलमा आज धनगढी र अत्तरिया ...
माघ २७, २०८१ आइतबार
नवलपरासी – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ मा लरी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
कालीगण्डकी करिडोरको भोक्रोफाँटको भिरबाट ना ३ ख ५३३९ नम्बरको लरी खस्दा तीन जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका १७ का ४५ वर्षीय सुरेश भुजेल, ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा जिल्ला ठोरी गौतम नगर बस्ने ५० वर्षका भीमबहादुर तामाङ छन् ।
दुर्घटना भएको ठाउँ एकान्त भएकाले प्रहरीलाई ढिलो गरी मात्रै सूचना पुगेको थियो । अहिले भिरबाट लरी तान्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सडक कच्ची हुनुका साथै उकालो र घुम्ती भएकाले लरी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।