सरकारकाे कदमकाे खुलेरै विराेध गर्नुपर्छ : कांग्रेस

 पुष ८, २०७७ बुधबार १८:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार (भोलि) बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको समीक्षासहितका एजेण्डामा छलफल गरेर धारणा बनाउन मङ्गलबार (हिजो) देखि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो ।

बुधबार गगन थापा, बलबहादुर केसी, आनन्द ढुङ्गाना र रामशरण महतले धारणा राखेका छन् । बैठकमा बोल्ने सदस्यले सरकारको कदमको खुलेरै विरोध गर्नुपर्ने र यो विषयमा नेपाली कांग्रेस भित्रबाट फरक मत आउन नहुनेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकको दोस्राे दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटनको कदमको प्रतिरोध गर्ने जानकारी दिनुभएकाे छ । 

कांग्रेस पदाधिकारीको बैठकले यसअघि नै सरकारको कदमलाई सर्वसत्तावादी सोचको संज्ञा दिँदै विरोध जनाइसकेको छ ।

यस्तै सर्वदलीय बैठकमा पनि कांग्रेसले संसद् विघटनको विरुद्धमा सङ्घर्ष गर्न सहमति जनाएको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया