कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने

 पुस ९, २०७७ बिहिबार ८:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएकाे छ ।

वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा  राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ ।

खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिनुभयो । उहाँले एक/एक महिनाको अवधि वर्षभरि नै खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप लगाएसँगै थप मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने विश्वास गरेको स्वास्थ्य मन्त्री सबाहले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया