अलै‌ंचीकाे भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा

 पुष ९, २०७७ बिहीबार ८:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ - पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोत मानिएको अलैंचीकाे भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा परेका छन् ।

यसवर्ष पनि मूल्य नबढेपछि अलै‌ंची किसानलाई चिन्ता थपिएको छ । केही वर्षदेखि अलैंचीको मूल्यमा उतारचढाव आइरहेको छ ।

गएकाे वर्ष मुस्किलले अलै‌ंची बेचेका किसान यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशामा थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गएकाे वर्षकोभन्दा पनि कम मूल्य पाएपछि निराश हुनुपरेको ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–७ खेवाङका अलै‌ंची किसान राजकुमार भट्टराईले बताउनुभयो ।

चार वर्षअघि प्रतिमन एक लाख रुपैयाँभन्दा बढीमा अलै‌ंची बेच्न पाउँदा पहाडी क्षेत्रका अलै‌ंची किसान उत्साहित भएका थिए । भारतबाहेकका तेस्रो देशमा सिधै निर्यात हुने अवस्था नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलै‌ंची व्यवसायीले बताएका छन् ।

अहिले ताप्लेजुङमा अलै‌ंची प्रतिमन अर्थात् ४० किलोको २५ हजार ५ सय रुपैयाँका दरले किनबेच भइरहेको छ । गएको वर्ष प्रतिमन २६ देखि २७ हजारका दरले अलै‌ंचीको कारोबार भएको थियो । चार वर्षअघि प्रतिमन एक लाखभन्दा बढी मूल्यमा कारोबार भएपछि धेरै किसानले धान, मकैलगायतका अन्न उत्पादन हुने खेतबारी मासेर अलै‌ंची रोपेका थिए ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया