अर्जुन ट्रफी क्रिकेटको दोश्रो सेमिफाइनलमा आज धनगढी र अत्तरिया ...
माघ २७, २०८१ आइतबार
काठमाण्डौ – आफ्नै महिला साथीको अश्लील भिडिओ पोर्न साइटमा राख्ने तथा नग्न तस्बिर सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर घर भइ थाइल्याण्डमा बस्ने एक महिला साथीको अश्लील भिडिओ बनाएर विभिन्न साइटमा राखेको तथा नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा हेटौँडाको पारिजात पथका अस्लम अन्सारीलाई प्रहरीले पक्राउ गरको हो ।
अन्सारीले पोर्न साइट र सामाजिक सञ्जालमा राखेका भिडिओ र नग्न तस्बिर हटाउन भन्दै पीडित महिलासँग एक हजार ९८ डलरसमेत माग गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । पक्राउ परेका अस्लम अन्सारीलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइनेछ ।
यस्तै फेसबुकमा पेज बनाएर आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर पठाउने, अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने, हैरानी दिने काम गरेको आरोपमा गोरखा घर भइ अहिले ललितपुर बस्ने रोलकबहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।