प्रतिनिधि सभा विघटन विरुद्ध एक हाेऔँ : नेता नेपाल

 पुष ९, २०७७ बिहीबार २०:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई प्रतिनिधि सभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजाको जस्तै निरङ्कुश कदम चालको भन्दै नेता नेपालले भर्त्सना गर्नुभयो । 

बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उहाँले भन्नुभयो, ‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भुमरीमा परेको छ । त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान, जनप्रतिनिधिहरूबाट निर्वाचित संविधान सभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ । त्यसको प्रावधानका विपरीत, भावनाका विपरीत, मर्मका विपरीत प्रतिनिधि सभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौँ । प्रतिनिधि सभालाई कुनै पनि तानाशाही तरिकाबाट विघटित गर्न पाइँदैन । यो ठिक राजाको निरङ्कुश कदम जस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भर्त्सना गर्दछौँ ।’

उहाँले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मूल धार र मूल शक्ति आफूहरू नै भएको भन्दै गल्ती सच्याएर सबैलाई मूलधारमा जोडिन आह्वान गर्नुभयो । 

यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्ययनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो । त्यही निर्णयअनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत मदननगर बल्खु पुगेका हुन् ।   

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया