बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा हस्ताक्षर

 पुस १०, २०७७ शुक्रबार ९:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताका लागि विगत ११ महिनादेखि दुवै पक्षबीच वार्ता भइरहेको थियो ।

२०२० को जनवरीमा युरोपियन युनियनबाट बेलायत औपचारिक रुपमै बाहिरिएको थियो । यसलाई ब्रेक्जिट भनिन्छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोनडेर लायनले दुई पक्षबीच सम्झौता भएको पुष्टि गर्नुभएको छ ।

आफूहरुले कानुन तथा भविष्यमाथि नियन्त्रण कायम गरी समग्र युरोपका लागि राम्रो सम्झौता गरेको डाउनिङ्ग स्ट्रीटमा भएको पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको छ । यो सम्झौताले व्यापार मामिलामा ठूलो परिवर्तन गर्ने उहाँको दाबी छ ।

बेलायत र युरोपियन युनियनका अब दुई छुट्टाछुट्टै बजार हुनेछन् र एकअर्कामा स्वतन्त्र आवागमनको अन्त्य हुनेछ । तर सीमामा अवरोध तथा आयातमा करलगायतका क्षेत्रमा सहजताका लागि सम्झौता महत्वपूर्ण हुने बीबीसीको खबरमा उल्लेख छ ।

ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेर लायनले पनि सहमति निक्कै फलदायी हुने बताउनुभएको छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया