एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

 पुस १०, २०७७ शुक्रबार १३:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलब भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्ने बताइएको छ ।  

समझदारीपत्रमा एनएमबी बैंककातर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत श्री सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मानसिंह प्रधानले हस्ताक्षर गर्नु भएकाे हाे । 

अहिलेको प्रतिकूल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पुर्याउन एनएमबी बैंकले लागू गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रीत रहेर नगदसहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख  रहेकाे बैंकले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया