‘करोडौँ मूल्य बराबरका सामान चिनियाँ नाकामा कुहिन लागे’

 पुस १०, २०७७ शुक्रबार १९:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनतर्फको नाका प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यवसायीले दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले गुनासो गरेको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको बताउनुभयो ।  

करोडौँ मूल्य बराबरका सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायी पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उहाँले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्योल बढ्दा व्यवसायीमा चिन्ता थपिएको उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया