द्वन्द्वग्रस्त इथियोपियामा संसदीय चुनावको घोषणा

 पुस ११, २०७७ शनिबार ६:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - द्वन्द्वग्रस्त इथियोपियामा आउँदाे जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको छ ।

आउँदाे जुन ५ मा चुनाव गर्ने गरी मिति घोषणा गरेको इथियोपियाको निर्वाचन आयोगले जनाएको छ । सन् २०२० मै चुनाव गर्ने तालिका भए पनि कोरोना भाइरसको सङ्क्रमणकाे जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो । त्यस्तै देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो ।

इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तीमा सय जनाको ज्यान गएको इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ । इथियोपियामा द्वन्द्व र हिंसात्मक घटना बढेसँगै मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बन्दै गएको पनि आयोगले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया