राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

 पुस १३, २०७७ सोमबार ७:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज झण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो । बोल-कबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनको अवधिको हुनेछ ।

यो बिल आउँदाे चैत १७ गते परिपक्व हुने छ । यस्तै, दुई अर्ब बराबरको ट्रेजरी बिल भने ३ सय ६४ दिनका लागि बिक्री गरिने भएको छ । यो बिल आउँदो वर्षको पुस १३ गते मात्रै परिपक्व हुने बैंकले जनाएको छ । यसअघि पनि बैंकले पुस ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो । 

सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले आवश्यकताअनुसारको समयमा ट्रेजरी बिल जारी गर्न सक्छ । ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ । तर नेपालमा २८ दिने बिल भने धेरै प्रचलनमा छैन ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया