जीपकाे ठक्करबाट दाङमा पैदल यात्रीकाे ज्यान गयाे

 पुस १४, २०७७ मंगलबार ८:३६:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीकाे ज्यान गएको छ ।

लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको प्रहरी कार्यालय दाङले जनाएको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको  हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया