हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेप्से पाँच दशमलव ५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ बिन्दुमा पुगेको हो ।
आज निर्जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र अन्य समूहको शेयर बढेको छ । उत्पादन समूहको १ सय ९५ अंकले, अन्य समूहको ५० अंकले तथा माइक्रो फाइनान्स र निर्जीवन बीमा समूहको शेयर ११ अंकका दरले बढेको छ । बैंक, होटल, जलविद्युतलगायतका समूहको शेयर ओरालो लागेको छ ।
आज २ सय ९ वटा कम्पनीका ८० लाख कित्ता शेयर ४ अर्ब नौ करोड २२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोष र नारायणी विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । मल्टीपर्पोज फाइनान्सका शेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।