एडप्याड प्रालिले राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजन गर्ने

 पुष १५, २०७७ बुधबार ९:५२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार एडप्याड प्रालिलाई बिक्री गरेको छ । एएनएस ग्रुप अफ कम्पनी अन्तर्गत रहेको एडप्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि अधिकार पाएको हो ।

जर्सी प्रायोजनसम्बन्धी याे सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एडप्याडका अध्यक्ष सुदीप थापाले हस्ताक्षर गर्नुभएकाे हाे । सम्झौता १५ महिनाका लागि रहने क्यानले जनाएको छ । एडप्याड मिडिया मार्केटिङ कम्पनी हो र यसले स्पोनसरसिप र बिक्री गर्नेसम्बन्धी काम गर्दै आएकाे छ ।

सम्झौतापछि अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र बिक्री गर्ने अधिकार एडप्याडले पाएको छ । क्यान आईसीसीको निलम्बनमा परेदेखि राष्ट्रिय टिम प्रायोजकविहीन भएकाे थियो । एडप्याडले अब १५ महिनासम्म राष्ट्रिय टिमले प्रतियोगिताका बेला खेल्ने, प्रशिक्षण र टुर खेल्न जाँदा लगाउने जर्सीका लागि प्रायोजन खोज्नेछ । क्यानका अध्यक्ष चन्दले यस सहकार्यले सकारात्मक सन्देश दिएको बताउँदै सहकार्यबाट फण्ड मात्र संकलन हुने नभइ क्रिकेटको प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताउनु भयाे।

यस्तै एडप्याडका अध्यक्ष सुदिप थापाले क्यानसँग सहकार्य गर्दै राष्ट्रिय क्रिकेट टिमसँग काम गर्ने अवसर पाउँदा खुशी लागेकाे बताउनु भयाे। उहाँले सहकार्यले व्यावसायिक यात्रामा मात्र नभएर क्रिकेट विकासमा समेत सहयोग पुर्याउने  बताउनु भयाे।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया