हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ । होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले बढेर २ हजार ६२ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
आज उत्पादन समूहको शेयर ३ सय ४८ अंकले, जीवन बीमाको १ सय ५३ अंकले, व्यापारको १ सय ८२, बैंकको ३०, माइक्रो फाइनान्सको ८५ र अन्य समूहको शेयर ७३ अंकले बढेको छ । आज २ सय ८ कम्पनीका ९९ लाख १० हजार कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष, हिमालय डिस्टिलरी, एभरेष्ट बैंक र मल्टिपर्पोज फाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढेपनि नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।