टर्कीले कोरोनाविरुद्धको खोप भित्र्यायाे, केही दिनमा लगाउन सुरु गर्ने

 पुस १६, २०७७ बिहिबार ६:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टर्कीले चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप भित्र्याएको छ ।

चीनले विकास गरेको खोप बाँकी विश्वले कहिले पाउँछ भन्ने चासो बढिरहेको बेला टर्कीले सिनोभ्याक खोपको ३० लाख मात्रा भित्र्याएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

आधारभूत प्रक्रिया पूरा गरेपछि खोप आम नागरिकलाई लगाइदिने योजना रहेको टर्कीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै नागरिकले पाउने जानकारी दिनुभएको छ ।

सिंगापुरले हिजोबाट आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ भने बेलायत, अमेरिकालगायतका देशहरुले यसअघि नै कोरोना खोप लगाउन सुरु गरिसकेका छन् । खोप लगाउने अभियान तीव्र बन्दै गर्दा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम भने उस्तै छ । गएको २४ घण्टामा विश्वमा छ लाख ७० हजार पाँच सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ करोड २९ लाख ९६ हजारभन्दा धेरै भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १३ हजार नौ सयभन्दा धेरैको ज्यान गएसँगै विश्वका १८ लाख १० हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । 

कोरोना सङ्क्रमण भएकामध्ये पाँच करोड ८८ लाखभन्दा धेरै निको भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया