विश्वमा कोरोना सङ्क्रणबाट निको हुनेको संख्या ६ करोड नजिक

 पुस १८, २०७७ शनिबार ११:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक पुगेको छ । 

विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ४३ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा पाँच करोड ९६ लाख ३९ हजारभन्दा धेरै निको भएका हुन् । कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ लाख ३५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने अहिले दुई करोड २९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । 

खोपलाई अनुमति दिने तथा लगाउने क्रममा होडबाजी चलिरहँदा नयाँ सङ्क्रमित थपिने क्रम पनि बढिरहेकै छ । अहिले कोरोना भाइरसको नयाँ प्रकार पनि विभिन्न देशमा देखिन थालेकाले थप सतर्कता अपनाउन थालिएको छ ।

 लकडाउन तथा प्रतिबन्धहरु हटेर जनजीवन सामान्य अवस्थातर्फ गइरहेको भए पनि जोखिम रहेकोले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया