जुवाको खालमा प्रहरीको छापा : करिब साढे तीन लाख रुपैयाँसहित १५ जना पक्राउ

 पुस १८, २०७७ आइतबार ५:२७:० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा शनिबार बेलुकी प्रहरीले जुवाको खालमा छापा मारेर तीन लाख नगदसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई  ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र खोलेको तासकाे चार गड्डीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवागाउँ बस्ने खुमान सिंह वलीको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले छापा मारेको हो । 

 
 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया