बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते

 पुस १९, २०७७ आइतबार ६:१५:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - जंगली बँदेलकाे आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते भएका छन् ।

शनिबार दाउरा काट्न बकेन सामुदायिक  वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिनुभयो । 

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहनु भएको छ । घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन । 

घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया