सुन्तला बोटमै कुहिएर झर्न थालेपछि पाँचथरका किसान मर्कामा

 पुस २०, २०७७ सोमबार ८:५८:३२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर- सुन्तला बोटमै कुहिएर झर्न थालेपछि पाँचथरका सुन्तला किसान मर्कामा परेका छन् ।

सुन्तला राम्रो उत्पादन हुने पाँचथरको रानीटार, नाङ्लपा, हाम्फाबुड, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायतका ठाउँमा करिब छ सय रोपनी जग्गामा लगाएको सुन्तलाको बोटमै  कुहिएर झर्न थालेको हो । करिब एक सय घरका किसानको सुन्तला खेतीमा क्षति हुँदा छ लाख रुपैयाँ बराबरको नोक्सानी भएको किसान देवबहादुर थेबेले बताउनु भएकाे छ।

गएकाे वर्ष प्रतिकिलो एक सय रुपैयाँका दरले ४ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थेबेले यसपटक किरा लागेर टिप्न नपाइ सबै सुन्तला झरेर नष्ट भएको बताउनुभयो । साथै “फ्रुट फ्लाइ” नामको फल कुहाउने झिँगाका कारण सुन्तला कुहिएर झरेकाे फिदिम नगरपालिका कृषि शाखा कार्यालयका प्रमुख यामबहादुर संग्रौलाले बताउनुभयो । 

उहाँकाअनुसार झिँगा जस्तो देखिने किराले पाकेको फल कुहाउने गर्छ । 'पोथी किराले फल छेडेरभित्र पसी फुल पार्ने गर्छ । फुल लार्भा भएपछि सुन्तलालगायतका फल कुहाएर क्षति गर्छ', संग्रौलाले भन्नुभयो।

फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामका विषादी मिलाएर छर्किए यो किराको समस्या नहुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया