बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास सुरु

 पुष २२, २०७७ बुधबार ९:४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बर्ड फ्लु देखा परेका भारतका विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास सुरु भएको छ ।

भारतका विभिन्न राज्यहरुमा बर्ड फ्लु फैलिएपछि कुखुरालगायतका पन्छी नष्ट गर्न थालिएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्डफ्लुका कारण कुखुरा तथा पुशपन्क्षी मरेको पुष्टि भएको हो ।

बर्ड फ्लु देखिएका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । गुजरात, महाराष्ट र केरलामा हाललाई माछा मासु बिक्रिमासमेत रोक लगाइएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

यस्तै मध्यप्रदेश, गुजरात र महाराष्ट्रमा पनि बर्ड फ्लु फैलिएको छ । हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा मात्रै २४ सय भन्दा धेरै पन्छी बर्डफ्लुका कारण मरेको हिमाञ्चल प्रदेशका बर्ड फ्लु विशेषज्ञ डाक्टर विक्रम सिंहले बताउनुभएको छ । उहाँले बर्ड फ्लुको संक्रमण थप फैलने भएकोले कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया