ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मङ्गलबार भएको चुनावमध्ये एक ठायँमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । याेसँगै डेमोक्रेटिक पार्टी अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि बहुमत नजिक पुगेको छ ।
अमेरिकी सञ्चारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको जनाएका छन् ।
सीबीएस, एनबीसी र सीएनएनले रिपब्लिकन पार्टीका सिनेटर केल्ली लाेफलर झिनो मतान्तरले पराजित भएकाे जनाएका जनाएका छन् । यद्यपि केल्लीले भने हार स्वीरेका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पीडादायी हुने अनुमान गरिएको छ ।
जर्जियाकै अर्को स्थानका लागि भएको चुनावकाे मतगणना जारी छ र त्यहाँ पनि रिपब्लिकन र डेमोक्रेट पार्टी दुवैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
यदि दुवै स्थानमा डेमोक्रेट पार्टी विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ र उसले आफूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नेछ । तर रिपब्लिकन पार्टीले एक स्थान जिते पनि सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ ।
अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।