ग्लोबल आइएमई बैंकको १४ औं वार्षिकोत्सव : ग्लोबल स्मार्टमा क्यासब्याक योजना

 पुस २३, २०७७ बिहिबार ८:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ग्लोबल आइएमई बैंकले १४ औं वार्षिक उत्सवको अवसरमा मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैकिङ्ग/ग्लोबल स्मार्ट सेवा लिएका तर अहिलेसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्टको प्रयोग गरी प्रथम पटकको कारोबारमा ५० र क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० नगद पाउने छन्  । वालेट लोड तथा मोबाइल टपअप बाहेकका कारोबारका लागि याे योजनाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखेर याे याेजना ल्याइएको जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया