राजस्व सङ्कलन गर्ने बैंक शनिबार पनि खुला हुने

 पुस २३, २०७७ बिहिबार १७:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । 

चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका शाखाहरू शनिबार पनि खोल्न निर्देशन दिएको हो । 

यस्तै नेपाल क्लियरिङ हाउस पनि खुला हुने भएकाले पूर्णकालीन सेवाको दिनमा जस्तै सेवा लिन सकिने राष्ट्र बैंकले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया