महाराष्ट्रको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको ज्यान गयो

 पुस २५, २०७७ शनिबार ११:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ ।

महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन  महिना उमेर भएका १० जना बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको छ । 

बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ । 

आगलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर ज्यान गएको अस्पतालले जनाएको छ । विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रमा मुख्यमन्त्री ठाकरेलगायतले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया