इन्डोनेशिया विमान दुर्घटना : दुर्घटनास्थल भेटियो

 पुस २६, २०७७ आइतबार ७:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ । 

बिहानबाट सुुरु भएको खोजीकार्यका क्रममा विमानकाे दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् ।  बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ । 

चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ। 

जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो। 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया