हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री मनिषा कोइरालालाई नियुक्त गरिएको छ । उनी आइएमई लाइफको जीवन बीमाको ब्रान्ड दूतको भूमिकामा रहने छिन् ।
काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फ्याल र नायिका मनिषा कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कोइरालाले आइएमई लाइफको ब्रान्ड तथा यसको मूल्यमान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने बताइएको छ।
साथै आइएमईकाे डिजिटल प्रविधि 'आइएमई साथ बुट'मार्फत विश्वका जुनसुकै ठाउँबाट कम्पनीको सेवासम्बन्धी जानकारी लिन सकिने भएको छ । यो प्रविधिको प्रयोगका लागि आइएमईले च्याटबुट नामको प्रणालीलाई प्रयोगमा ल्याएको छ । आइएमईले देशभरका नागरिकलाई बीमाबारे जागरुक बनाउने प्रतिवद्धता जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।