पाँचथरमा आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति

 पुस २७, २०७७ सोमबार १०:०:३४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कुम्मायक गाउँपालिका वडा नम्बर १ का तेजबहादुर थापाको गोठबाट सल्किएकाे आगाेले डिकबहादुर थापा र तेजबहादुरकाे घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट तेजबहादुरको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गाेठ, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

यस्तै आगलागीबाट डिकबहादुरको फुसको छानो भएको तीन तले घर, एक तले गाेठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएकाे छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगाे नियन्त्रणमा लिएका थिए ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया