ब्रोकर कम्पनीले खुद नाफाको एक प्रतिशत रकम सचेतना शिक्षामा खर्च गर्नुपर्ने

 पुष २७, २०७७ सोमबार १६:१९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर कारोबारी संस्थाले आफ्नो खुद नाफाको एक प्रतिशत रकम लगानीकर्ता शिक्षा तथा जागरूकताको क्षेत्रमा खर्च गर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूले आफ्नो खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्टयाइ संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा खर्च गर्नुपर्ने जनाएको छ । यसरी खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरूप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ । धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा नै पुगेको, एउटै प्रारम्भिक सार्वजनिक निष्कासनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको तथा दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भइ देशका प्रमुख सहरबाट कारोबार गर्न सक्ने व्यवस्था भएको धिताेपत्र बाेर्डले जनाएकाे छ । 

साथै बजारमा नयाँ लगानीकर्ताको प्रवेशसमेत बढेकाले सचेतना शिक्षाको व्यवस्था कडाइका साथ लागू गर्न लागिएको बोर्डले जनाएको छ । सचेतना अभिवृद्धि कार्यक्रमबाट लगानीकर्ता सुसूचित हुने र लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।  

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया