भारतले रिहा गर्‍याे लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिक

 पुस २७, २०७७ सोमबार १८:५:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारत र चीनबीचकाे विवादित सीमा लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई भारतले रिहा गरिदिएको छ ।

गएको शुक्रबार वास्तविक नियन्त्रण रेखा (एलओसी) मा प्रवेश गरेका चिनियाँ जनमुक्ति सेनाका एक जवानलाई भारतीय सैनिकले पक्राउ गरेका थिए । उनलाई साेमबार सकुशल रिहा गरिदिएको भारतीय सैनिकलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।

सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत प्रतिबद्ध रहेकाले पक्राउ परेका चिनियाँ सैनिकलाई रिहा गरिएको भारतले जनाएको छ ।  भारतले गलत नियतका साथ चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखामा प्रवेश गरेको आरोप लगाएको छ भने चीनले रातको समयमा बाटो बिर्सेर आफ्ना सैनिक दशगजा क्षेत्रमा पुगेको दाबी गरेको छ ।

यसअघि गएको अक्टोबरमा पनि पूर्वी लद्दाख क्षेत्रमा पनि चिनियाँ सैनिक एलओसीमा प्रवेश गरेपछि भारतीय सैनिकले पक्राउ गरेका थिए ।

गएको मे महिनामा चिनियाँ सैनिकको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि सीमा क्षेत्र लद्दाखमा तनाव उत्पन्न हुँदै आएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया