नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेशन सेवा सुरु

 पुष २७, २०७७ सोमबार २०:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेशन सेवा सुरु गरेको छ । अनलाइन रजिस्ट्रेशन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने कोषले जनाएको छ ।

यसका लागि योजनामा सहभागी हुन http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पछि Register For Penson Yojana मा गई वा https://eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create मा login गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरे अनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्ने छन् ।   

यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानुन बमोजिम स्थापना भएका सङ्घ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । 

यसमा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरूपमा पनि रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको छ । 

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५  वर्षपछि समेत एकमुष्ट रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्ने छन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्टरूपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्ने छन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडि हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ । 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dipa jnawali

    Jan. 12, 2021, 7:37 p.m.

    नागरिक पेन्सन योजना

  •  0 Reply

तपाईको प्रतिक्रिया