हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ ।
हिजोदेखि माघे सङ्क्रान्तिका लागि तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार यसपालि पोहोरको जस्तै मूल्यमा तरुलको कारोबार भइरहेको छ ।
गएका वर्षहरुमा जस्तै यसपालि सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिएको छ । सस्तोसँगै मिठो र यो तरुलले तरकारीमा आलुको पनि काम गर्ने भएकाले उपभोक्ताको आकर्षण यसमा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो ।
उहाँकाअनुसार बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । थोक बजारमा अहिले पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ । यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेकाे छ ।
सिमल तरुलको कारोबार यसपालि खासै नभएको व्यवसायीले बताएका छन् । यस्तै यसपालि स्कूसको जराको पनि खासै कारोबार नभएको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो । पोहोर परार स्कूसको जराको कारोबार धेरै हुने गरेकोमा यसपालि घटेको उहाँको भनाइ छ । बजारमा आज स्कूसको जरा किलोको ८० देखि १ सय रुपैयाँ थोक मूल्य छ ।
बजारको मागअनुसारकै तरुल भित्रिरहेकाले भाउ खासै नबढ्ने पनि उहाँले बताउनुभयो । यसैबीच, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुद्रामा तरुललगायतका तरकारी खरिद गर्दा महँगो पर्न जाने भएकाले थोक बजारमा नै गएर तरकारी किन्न उपभोक्तालाई सुझाव दिएको छ ।
थोक बजारमा उपभोक्ताले साढे दुई किलोदेखि माथि किन्दा थोक मूल्यमा नै तरकारी पाउने समितिले जनाएको छ । खुद्रा पसलमा तरकारी किन्दा उपभोक्ताले थोक मूल्यभन्दा दोब्बर तेब्बर बढी तिर्नु पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।