यसपालि घट्यो चाकु र सख्खरको व्यापार

 पुष २८, २०७७ मंगलबार ९:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माघे सङ्क्रान्ति पर्वमा प्रयोग हुने चाकु र सख्खरको व्यापार यो वर्ष घटेको छ । 

कोरोना महामारीका कारण व्यापार घटेको व्यवसायीहरुले बताएका छन् । माघे सङ्क्रान्तिमा चाकु, घिउ र सख्खरको माग धेरै हुने गरे पनि यो वर्ष बजारमा खासै चहलपहल नभएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष ३५ हजार केजी चाकु खपत भएकोमा यो वर्ष माग कम भएकाले ३० हजार मात्रै चाकु बनाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । काठमाण्डौको टोखामा चाकु बनाउने गरिएको छ ।

प्रतिकेजी १ सय १० रुपैयाँका दरले चाकुको बिक्री गर्ने गरिएको व्यवसायीले बताएका छन् । मुख्यगरी असन, मरु, लगनखेल, भक्तपुर, बनेपा र नेवारहरुको बसोबास भएको ठाउँमा व्यापार हुने गरे पनि यसपालि माग घटेका छ । यस्तै, सख्खरको पनि व्यापार घटेको छ । अघिल्लो वर्ष ३५ लाख रुपैयाँ बराबरको सख्खर भित्रिने गरेकोमा यसपालि ३० लाख रुपैयाँको मात्रै भित्रिएको छ । 

चाकु बनाउन कपिलवस्तुको कृष्णनगरबाट  सख्खर ल्याइने गरिएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया