कोरोनाका कारण बन्द भएकामध्ये ५४ प्रतिशत उद्योग, कलकारखाना खुले

 पुष २८, २०७७ मंगलबार २०:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीका कारण बन्द भएका उद्योग कलकारखानामध्ये ५४ प्रतिशत मात्रै पूर्णरूपमा खुलेका छन् । 

नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार उत्पादन र व्यावसायिक कारोबारमा सुधार हुँदै गएको देखिएको र अहिले ५४ प्रतिशत उद्योग कलकारखाना पूर्णरूपमा खुलिसकेका छन् । 

यस्तै कोरोना भाइरसको सङ्क्रमण हुनुपूर्व गएको आर्थिक वर्षमा २८ दशमलव ७७ प्रतिशतमात्र रहेको उत्पादन र कारोबारको अवस्था अहिले ५० दशमलव ५१ प्रतिशतमा पुगेको छ । 

रोजगारीको अवस्था ७७ दशमलव ५० प्रतिशतबाट बढेर ८७ दशमलव ५१ प्रतिशतमा पुगेको राष्ट्र बैंककाे सर्वेक्षणले देखाएकाे छ । 

यस्तै राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको सर्वेक्षणअनुसार बजार माग घटेर कारोबारमा ह्रास आएका कारण सञ्चालन खर्च धान्न कठिनाइ भएको देखाएको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया