नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त

 पुष २९, २०७७ बुधबार १६:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठामण्डाै – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामकृष्ण खतिवडा नियुक्त हुनुभएको छ । गएकाे पुस १० गते प्रकाशित भएको १५ दिनको पदपूर्तिसम्बन्धी विज्ञापनको सार्वजनिक सूचनाअनुसार प्राप्त आवेदनमध्येबाट खतिवडालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

पदपूर्तिको सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, बिजनेस प्लान, बिजनेस प्लानको प्रस्तुतीकरण एवं अन्तर्वार्तासमेतको मूल्याङ्कनबाट उहाँलाई माघ १ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

खतिवडाले विभिन्न विषयमा स्नातकोत्तर गर्नुभएको छ, त्यसैगरी एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, लगानी बोर्ड नेपाल, विद्युत् नियमन आयोगलगायतका संस्थाको जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया