हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - सिप्रदी ट्रेडिङ्ग प्रालि र हिमालयन बैंक लिमिटेडबीच टाटाका कमर्शियल र प्यासेन्जर गाडीको खरिदमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिप्रदीकाे कमर्शियल भेहिकलकातर्फबाट जनरल म्यानेजर अनुपमणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाहले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार हिमालयन बैंकले देशभरका शाखामार्फत सिप्रदीकाे देशभरका शोरुम तथा आधिकारिक डिलरबाट कमर्शियल गाडी खरिदमा ७० प्रतिशतसम्म र प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशतसम्म अति न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने छ ।
केही दिनअघि टाटा मोटर्स लिमिटेडले सिप्रदी ट्रेडिङ्गसँगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा ल्याएको थियो । सहज र सरल कर्जासम्बन्धी सहकार्यले टाटाको नयाँ कमर्शियल र प्यासेन्जर गाडीका ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास दुवै पक्षले लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।