पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

 माघ १, २०७७ बिहिबार १३:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - पूर्व राज्यमन्त्री तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । उहाँको  काठमाण्डाैको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान निधन भएको हो ।

कोरोना सङ्क्रमण भएपछि उहाँलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । पछिल्लो समय उहाँमा कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँका आफन्त सोहनलाल यादवले मिर्गौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको जानकारी दिनुभयाे।

उहाँको शव स्थलमार्गबाट नेपालगञ्ज ल्याइँदैछ । शुक्रबार नेकपाको कार्यालयमा श्रद्धाञ्जलीसभा गरी उहाँको घर नरैनापुरमा अन्तिम संस्कार गरिने भएको छ । यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । यादव नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया