हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चार खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सरकारी आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म चार खर्ब २२ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो कुल लक्ष्यको ४१ दशमलव ७३ प्रतिशत हो । चालु आर्थिक वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
विगतका वर्षमा जस्तै विकास खर्च पनि निराशाजनक नै देखिएको छ । ६ महिनामा जम्मा ५० अर्ब ८१ करोड रुपैयाँ अर्थात् १४ दशमलव ४० प्रतिशत मात्रै विकास खर्च भएको हो । यो वर्ष सरकारले तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास खर्चको लक्ष्य राखेको छ ।
चालुतर्फ नाै खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ महिनामा तीन खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको ३६ दशमलव शून्य ८ प्रतिशत हो ।
समग्रमा यो आर्थिक वर्षको ६ महिनामा २८ दशमलव १९ प्रतिशत बजेट खर्च भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।