ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ - भारतका सामाजिक कार्यकर्ता तथा भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले किसानको माप पूरा नभए आफू अनशनमा बस्ने बताउनु भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै उहाँले किसानका माग पूरा नभए अनशनमा बस्ने चेतावनी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले प्रधानमन्त्री माेदीलाई पाँच पटकसम्म पत्र लेखेको तर अहिलेसम्म एउटा पनि जवाफ नआएको बताउनु भएको छ ।
सरकारले आफ्नो पत्रको जवाफ पनि नदिएको र किसानको माग पनि सम्बोधन नगरेकाले यो जनवरीको अन्तिमतिर आफू अनशन बस्ने उहाँको भनाइ छ ।
उहाँले दिल्लीको रामलीला मैदानमा अनशन थाल्ने तयारी गरेको पनि बताउनु भएको छ । हजारेले यसअघि लोकपाल विधेयक माग गर्दै सन् २०११ र २०१८ मा अनशन बस्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।