अमेरिकाले ५० वटै राज्यमा सुरक्षा सतर्कता बढायो

 माघ ४, २०७७ आइतबार ६:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले ५० वटै राज्यहरुमा सुरक्षा सतर्कता बढाएको छ । 

आउँदाे बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न सबै राज्यहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको बीबीसीले जनाएको छ ।

 राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले यसअघि संसद भवनमै आक्रमण गरेका र फेरि पनि आक्रमणहरु हुनसक्ने खतरा रहेको कारण सैनिक परिचालन गरेर सतर्कता अपनाएको खबरमा उल्लेख छ ।

 सबै राज्यका संसद भवनअघि ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सूचना आएको भन्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको खबरमा उल्लेख छ ।

 राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले बुधबार शपथ लिँदै हुनुहुन्छ भने राष्ट्रपति  ट्रम्पले औपचारिक रुपमा हार स्वीकार्नु भएको छैन । ट्रम्पविरुद्ध महाअभियोग समेत दर्ता भएकाले अमेरिकामा सुरक्षा खतरा बढेको छ। 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया