इन्डोनेशियामा ज्वालामुखी विस्फोट

 माघ ४, २०७७ आइतबार १०:५१:२४ | एजेन्सी
unn.prixa.net

इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँकाे आकासमा खरानी र धुवाँ फैलिएको छ । ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी आइनसकेको भएपनि इन्डोनेशिया सरकारले ज्वालामुखी विस्फोट भएको आसपासको पहाडी क्षेत्रमा बसेका मानिसलाई सचेतता अपनाउन आह्वान गरेको खबरमा उल्लेख छ ।

यस अघि शुक्रबार इन्डोनेशियाको सुलावेसी प्रान्तमा गएको भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । अझै पनि खोजी कार्य भइरहेको छ । भूकम्पबाट सयौं घाइते र हजारौं विस्थापित भएका बीबीसीले जनाएको छ । अघिल्लो हप्ता ६२ जना बोकेको इन्डोनेसियाको एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कसैको पनि जीवित उद्धार भएन ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया