अफगानिस्तान : सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशकाे गाेली हानी हत्या

 माघ ४, २०७७ आइतबार १७:३८:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अफगानिस्तानको राजधानी काबुलमा सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको अधिकारीहरुले बताएका छन् । 

ती दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीले आक्रमण गरेको अदालतका प्रवक्ताले समाचार संस्था एएफपीसँग भने । 

सञ्चारकर्मी, अधिकारवादी, राजनीतिक व्यक्तित्वलगायतलाई लक्षित गरि पछिल्लो केही महिनायता भइरहेको आक्रमणको यो पछिल्लो घटना हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्ना सेनाको सङ्ख्या घटाइरहेका बेला यस्ता आक्रमण भइरहेका छन् । 

अफगानिस्तानमा अहिले अमेरिकी सेनाको सङ्ख्या २५ रहेको बताइएको छ । 

अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सलेहले बीबीसीसँग भने, ‘पहिलेदेखि अस्थिर यस देशमा अमेरिकी सेना हट्दा हिंसा अझ बढ्ने आशङ्का छ ।’  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया