शेयरको राफसाफ अब दुई दिनमै, किनेको भोलिपल्टसम्म भुक्तानी गर्नुपर्ने

 माघ ६, २०७७ मंगलबार १५:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर कारोबार राफसाफ तथा फर्स्याेट अब दुई दिनमै हुने भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले यही माघ ११ गतेदेखि लागू हुने गरी राफसाफको समय चक्र तीन कार्य दिन अर्थात् टी–३ (T-3) लाई घटाएर दुई कार्य दिन अर्थात् टी–२ (T-2) मा झार्ने निर्णय गरेसँगै शेयरको राफसाफ दुई दिनभित्रै हुने भएको हो ।  

सीडीएस एण्ड क्लियरिङका अनुसार लगानीकर्ताले आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा  फर्स्याेटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको भोलिपल्ट भित्रमा जारी गरि सक्नुपर्नेछ । यस्तै कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रको रकम राफसाफ सदस्यलाई कारोबार भएको भोलिपल्ट भित्र नै बुझाउनुपर्नेछ । 

शेयर राफसाफ सम्बन्धमा सीडीएस एण्ड क्लियरिङले गरेको नयाँ व्यवस्था यस्तो छ -

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया