हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि पदभार ग्रहण गर्नुहुने भएको छ ।
नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उहाँहरुको कार्यकाल सुरु हुनेछ । पदभार ग्रहण गरेसँगै बाइडेन अबको ४ वर्षसम्म ह्वाइट हाउसको निवासमा बस्नुहुनेछ । यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
आज वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् । अमेरिकी गुप्तचर निकायले सुरक्षाको नेतृत्व गरेको र हजारौँ प्रहरीलाई सहयोग गर्न न्यान्शल गार्डका झण्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ । यस्तै बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण गरेको हेर्ने परम्परा भएपनि बाइडेनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प सहभागि नहुने भएका बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।