शेयर बजार झण्डै १६ अङ्कले बढ्यो, १५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाए

 माघ ७, २०७७ बुधबार १६:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै १६ अङ्कले  बढेको छ । नेप्से १५ दशमलव ८७ अङ्कले  बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको हो ।

बुधवार जीवन बीमा समूहको शेयर सात सय २९ अङ्कले, निर्जीवन बीमाको एक सय ८५ अङ्कले, जलविद्युत् समूहको शेयर ५३ अङ्कले, फाइनान्सको ४३ अङ्कले र माइक्रो फाइनान्स समूहको शेयर २९ अङ्कले बढेको छ । बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको शेयर ओरालो लागेको छ ।

दुई सय ११ कम्पनीका एक करोड ५९ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६१ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार १५ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनी र कामना सेवा विकास बैंकका शेयरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया