हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
राधा ढुङ्गाना
काठमाण्डाै – किसानहरूले उत्पादनको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्रिए समग्र कृषि क्षेत्र नै ध्वस्त हुने बताएका छन् । सरकारले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने भनि गरेको निर्णयको विरोध गर्दैै किसानहरूले कृषिकाे प्राथमिक क्षेत्रमा वैदेशिक लगानी आउनै नहुने बताएका हुन् ।
अखिल नेपाल किसान महासङ्घ, नेपाल किसान सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घलगायत देशभरका किसानहरूकाे १८ वटा सङ्घ–सङ्गठनले संयुक्त विज्ञप्ति निकालेर किसानको अहित हुने यस्तो निर्णय तत्काल फिर्ता लिन पनि आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘यदि कृषिको प्राथमिक क्षेत्रमै वैदेशिक लगानी भित्रिए निर्वाहमुखी, साना तथा मझौलामात्र नभइ धनी तथा व्यावसायिक किसानसमेत प्रतिस्पर्धामा उत्रन नसक्ने, नेपाली किसान तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्य प्रणाली नै विदेशीको हातमा पुग्छ ।’ सरकारले निर्णय फिर्ता नलिए आफूहरू थप सङ्घर्षमा जान बाध्य हुने अखिल नेपाल किसान महासङ्घका सङ्गठन विभाग प्रमुख नहेन्द्र खड्काले बताउनुभयो ।
यस्तै देशभरका किसान समूहकाे प्रतिनिधित्व गर्ने राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले कृषिमा वैदेशिक लगानी भित्र्याउनुकाे कारण सरकारले स्पष्ट नपारे सडक आन्दोलनमा जाने चेतावनी दिनुभयो । उहाँले कुन–कुन क्षेत्रमा कस्तो लगानी आउन दिने भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बस्नेतले किसानको समस्या राजनीतिक मुद्दा नबनेको भन्दै देशभित्रका किसान पलायन हुने गरी वैदेशिक लगानी आउन नहुने बताउनुभयो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्रिपरिषद्ले सर्त राखेर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल विदेशी लगानी भित्र्याउने निर्णय कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरकालीन आदेश दिँदै वैदेशिक लगानी भित्र्याउनुकाे कारण १५ दिनभित्र लिखित रूपमा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।